२०७९ चैत ३०। चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । नेपाल अटोमोबाईल्स बागमती प्रदेश र चितवन अटोमोबाईल्स डिलर्स एशोसियनले संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको हो ।
अटोमोबाईल्स तथा यसको खेल प्रर्वद्धन तथा स्थापित गर्ने उद्धेश्य सहित उक्त प्रतियोगिता आयोजना गरिएको आज ९शुक्रबार० आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । चितवनमा यस किसिमको खेल पहिलो पटक आयोजना गरिएको नासा तथा काडाका अध्यक्ष राजन पियाले जानकारी दिनुभयी ।
प्रतियोगिता बैशाख ३० गते हुनेछ । प्रतियोगितामा देशभरबाट १६ देखि २५ जना ड्राईभर सहभागी हुनेछन् । मोटर रेसिंगको सर्ट सर्किट विधा अन्तर्गत अटो जिमखाना खेल छोटो साघुँरो अस्थाई सर्किट डिजाईन गरी कलात्मक तरिकाले तयार गरिनेछ । जहांँ ड्राईभरहरुले आफ्नो कला , साहस र सृजना प्रर्दशन गर्नेछन् । उक्त प्रतियोगितामा ड्राईभर, मार्शल, प्राविधिक गरी ८० जनाको सहभागिता रहने पियाले बताउनुभयो । यस प्रतियोगितामा भाग लिन नासाको अनुमति पत्र लिएको ड्राईभर हुनुपर्नेछ ।
विदेशमा जस्तै अटोमोबाइल्स खेलका पारखिहरुलाई साहसिक खेलमा सहभागी गराउन र यस्ता खेललाई प्रर्वद्धन गर्न चितवनमा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको फेडेरेसन अफ ईन्टरनेशनल अटोमोबाईलका वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले बताउनुभयो
प्रतियोगिताको विइजेताले क्रमश २७ हजार रुपैंयांँ ९ हजार र ३ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १४ लाख ३० हजार खर्च अनुमान गरिएको