राक्सिराङ ६ सिलिङ्गेमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु

0
1259

२७ चैत्र २०७९ – राक्सिराङ।
मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वाड न.६ खर्कनेटारमा ट्याक्टरको टेलरबाट खसेर एकको मृत्यु भएको छ। मृत्युु हुनेमा स्थानीय ३३ वार्षिया काजी मान प्रजा रहेको छ।

ट्याक्टर चितवन राप्ती नगरपालिकाबाट सिमेन्ट लिएर मकवानपुरको राक्सिराङ गा.पा.६ सिलिङ्गे तर्फ जादै गरेको ना.६ ता.९२१८ न.को ट्र्याक्टरको टेलरबाट खसेर काजीमान प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रजा आइतबार राती १ बजे लोथर खोलाबाट ट्याक्टरमा चढेकाथिए ट्याक्टरको ढलाबाट चिप्लिएर लड्दा घाइते भएका प्रजाको उपचारको क्रममा मेडिकल कलेज भरतपुर चितवनमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।