प्रकाश तामाङ ।
मनहरी- २४ चैत्र २०७९
`गुड फ्राईडे´ को अबसरमा पश्चिम मकवानपुरको मनहरी ख्रिष्टियन विद्यार्थी संगती(सिबिएस)को आयोजनामा मनहरी बजारमा बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।
मनहरी सिबिएसकि अध्यक्ष राधिका थिङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ४१ जनाले रक्तदान गरेको हो।
रक्तदान कार्यक्रम मकवानपुर रेडक्रस सोसाइटीसंगको समन्वयमा गरिएको थियो।
´गुड फ्राईडे´ को अबसर पारेर आयोजित रक्तदान कार्यक्रम बिहान ठिक ७ बजे शुरु गरिएको थियो।
´´रगतले जीवन दिन्छ“ भन्ने अभियानका साथ सिबिएस ले हरेक अस्पताल तथा रेडक्रसहरुमा रगतको अभाव खड्किरहेको परिप्रेक्ष्यमा सामाजिक दुरीलाई कायम गरि कार्यक्रम सन्चालन गरिएको रक्तदान कार्यक्रमका संयोजक रुद्र मुक्तानले जानकारी दिए ।
ईसाईहरुको धर्मशास्त्र बाईबल अनुसार येशु ख्रीष्टको बलिदानले सारा मानिसमा जीवन प्राप्त गरे झैं हामी मानिसले गर्न सकिने महत्वपूर्ण सहयोग भनेको रगत हो। जसले जीवन दिन्छ – संयोजक मुक्तानले भने – ´तपाईं र हाम्रो रक्तदानले कसैको जीवन मा ठूलो काम हुनसक्छ´ भन्ने कुरालाई स्मरण गराउदै संयोजक मुक्तानले रगतको अभाव भएका बिरामीहरुको लागि यो रक्तदान कार्यक्रमले धेरै सहयोग पुग्ने र धेरैको ज्यान बचाउन मद्धत गर्ने अपेक्षा ब्यक्त गरे।
सिबिएस कि अध्यक्ष राधिका थीङले रेडक्रस सोसाइटी लगायत रक्तदान गर्ने सबैप्रती धन्यवाद ब्यक्त गरिन।
उनका अनुसार यस अघि पनि रक्तदान कार्यक्रम गरिदै आएको र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइदै जाने बाचा गरिन।