महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती मनायाे

0
130

चैत्-१३ सोमवार   काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण परिवार क्लब ओन्दे टेकूमा सम्पन्न भएको छ । उक्त कार्यक्रम रत्नराज्यलक्ष्मी क्याम्पसको सुकुुन्दा साहित्य पाःलाः ले आयोजाना गरेको हो।

प्रमुख अतिथि प्रा।डा। चन्द्रमान बजाचार्यले सुकुन्दा बालेर सुरु गरिएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनका संस्थापक सदस्य मनिष मानवले करिब सत्र बर्षपछि सुकुन्दा बार्षिक पत्रिका प्रकाशनका साथै महाकवि गिरिजाप्रसाद जोशीको जन्म जयन्ती मनाउने कार्य सह्रानिय रहेको बताए । साहित्यबाट जनताहरुलाई उठाउने मात्रै कार्य गर्ने भएकाले उचित गाइड लाइनका लागि नेवारहरुले राजनीति गरेर हरेक मुद्धा सम्बोधन हुने तरिकाले राजनीति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशीले नेपाली जनताले हाम्रो देशको इतिहास राम्ररी नबुझीकन राजनीति गरिरहकाले देशमा ठूलो परिवर्तन पटक पटक भएता पनि परिवर्तनको खासै महसुस नभएकोले नेपालको राजनीतिलाई नेताहरुले सही ढंगले बुझेर जानु पर्ने आज आवश्यकता रहेको जनाए । नेवाः बस्ती नेवाः अभियान एवम् नेवाः विद्यार्थी युनियनका सल्लाहकार दिपक तुलाधरले अहिलेका युवाहरु पनि नेपालभाषा अभियानमा सकृय हुनुले मातृभाषा संरक्षणमा सहयोग पुगेको जनाउँदै साँखु नगरपालिकामा नेपालभाषा कक्षा अभियानमा महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशी समेत अभियानमा जोडिरहेको राम्रो पक्ष रहेको जनाउँदै महाकवि गिरिजाप्रसाद जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै सुकुन्दा साहित्य पाःलालाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद एवम् बधाई दिए ।

नेपालभाषा क्षेत्रमा धेरै संघसंस्थाहरु भएता पनि बहुप्रतिभाका धनी महाकवि गिरिजाप्रसाद जोशीको सम्झनामा जन्म जयन्ती नमनाएको प्रति खेद प्रकट गरे । सुकुन्दा साहित्य पाःलाःले महाकविको जन्म जयन्ती मनाएर नयाँ कार्यको निरन्तरताको लागि नयाँ पिढिहरुलाई कार्यक्रम गर्न आग्रह गरेर समापन गरेको थियो ।