२४ भदौ २०७९
चितवन । नेपालको सीमान्तकृत जाती नेपाल चेपाङ्ग संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ्ग विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङ्गलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १२३ मत प्राप्त गरे भने सुनिमायाले ९२ मत प्राप्त गरे ।
यस्तै बरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ्ग ११५ मतसहित बिजयी भएका छन । अर्का प्रत्याशी कृष्ण बहादुर चेपाङ्गले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा सुमित्रा चेपाङ्ग १२३ मतसहित, महासचिवमा सन्तबहादुर चेपाङ्ग ११६ मतसहित बिजयी भए । सचिवमा सरेन्द्र चेपाङ्ग ११९ मतसहित र भरतलाल चेपाङ्ग ११२ मतसहित बिजयी हुदाँ कोषाध्यक्षमा आइतलाल चेपाङ्ग विजयी भएका छन ।
यसैगरी केन्द्रिय सदस्यहरुमा मकवानपुर, धादिङ, तनहुँ, गोर्खा र चितवनबाट सर्वसहमतीका साथ निर्वाचित गराईएको थियो। आज भएको सम्पन्न निर्वाचन बाट ३५ केन्द्रिय कमिटी हुने बताएको छ।