फेरि राक्सिराङमा चट्याङ लागेर एक महिलाको मृत्यु

0
121

२१ भदौ २०७९
मनहरी, मकवानपुर । पश्चिम् मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार अपरान्ह परेको चट्याङ लागेर राक्सिराङ-२ बरायोटारकी अन्दाजी ५० बर्षीय कालीमाया स्याङतानको मृत्यु भएको स्थानीय भिम मोक्तानले जानकारी दिए । अपरान्ह ५ बजेतिर गोठालो गएको बेला घरनजिकै बारीमा चट्याङ लागेको र एक वटा गोरु समेत घटनास्थलमै मरेको उनले बताए । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज पाण्डेले घटनास्थलमा चैनपुरबाट प्रहरी पठाइएको र मृत्यु भएकोबारे पुष्टि भइनसकेको बताए । घटनास्थलमा रहेका स्थानीयले भने मृत्यु भइसकेको पुष्टि गरेका छन ।