मकवानपुरको माओवादीबाट बिडारी र मोक्तानको दाबी

0
60

२० भदौ २०७९
मनहरी । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ मा नेकपा माओवादीका तर्फबाट दुई जनाको नाम सिफारिस गरिएको छ । पार्टीका जिल्ला इन्चार्ज तथा हाल बागमती प्रदेशका समाजिक बिकास मन्त्री कुमारी मोक्तान र पार्टीका केन्द्रिय सदस्य रामनारायण बिडारीले यो क्षेत्रमा दाबी गरेका हुन । दुवै जनाको नाम पार्टी क्षेत्रीय कमिटिको बैठकले जिल्ला कमिटिमा सिफारिस गरि पठाइएको छ । 
यो क्षेत्र सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य तथा पुर्वस्वास्थ्यमन्त्री बिरोध खतिवडाको पनि क्षेत्र हो । खतिवडा २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । निर्वाचनमा गठबन्धन गरि सहभागी हुने र राष्ट्रिय तहमा हेभिवेट नेताको रुपमा चिनिएकाले यसपटक पनि यो क्षेत्र समाजवादीकै भागमा पर्ने र खतिवडा नै गठबन्धनबाट उमेदवार बन्ने सम्भावना बढि छ । तर माओवादीका नेताहरु भने लगातार ४ पटक सांसद भइसकेका खतिवडाले यसपटक अन्य दल र नेतालाई पालो दिनुपर्ने दाबी गरिरहेका छन । माओवादीबाट दाबी गरिरहेका बिडारी पुर्व राष्ट्रिय सभा सदस्य मोक्तान बागमती प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री हुन ।