१५ केजी गाँजासहित मनहरीबाट २ जना पक्राउ

0
149

 
१७ असार २०७९

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाबाट लागुऔषध गाँजासहित २ जना पक्राउ परेको छ ।
मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी ९ ज्यामिरेको जङगलेश्वर मन्दिर स्थित पुर्व पश्चिम सडकखण्डबाट चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ७ ख ६०५९ नंबरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषधसहित २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन राप्ति ११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । उनीहरुको साथबाट १५ केजी गाँजा बरामद गरिएको र दुबैजनामाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।