राप्ती १२ को ११९ जना बिद्यार्थीलाई न्यानो स्विटर बितरण

0
107

८ माघ २०७८ राप्ती।
युवक तामाङ

राप्ती नगरपालिका १२ स्थित चात्राङ्गको कालिका रास्ट्रीय प्राथमिक बिद्यालयका ११९ जना बिद्यार्थीहरुलाई न्यानो स्विटर बितरण गरिएको छ। जाडो याममा नानी बाबुहरुलाई बिशेष प्राथमिकतामा राखी उक्त कार्यक्रम गरिएको हो। सो कार्यक्रम प्रबासि नेपाल मंच जापानको आर्थिक सहयोगमा गरिएको हो भने नेकपा एमाले पुर्ब जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले राप्ती नगर कमिटीको सदस्य बिश्वशान्त लामा र नेकपा एमाले पुर्ब जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले राप्ती नगर कमिटीको सदस्य डिबि मोक्तानको पहलमा भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब मन्त्री दावा दोर्जे लामा रहनुभएको थियो भने कार्यक्रम सन्चालन डिबि मोक्तानले गर्नु भएको थियो।
साथै उक्त कार्यक्रममा राजनितिक दलका विभिन्न जनप्रतिनिधिहरु र समाजसेवीहरुको उपस्थित रहेको थियो। स्विटर पाइसकेपछी त्यहाँका नानिबाबुहरुको मुहारमा खुशी छाएको थियो। र उक्त कामको प्रशम्स गर्दै सोही वडाको वडाध्यक्ष अर्जुन चेपाङ र सोहि बिद्यालय प्रधानाध्यापक चन्द्र अधिकारीले धन्यवाद दिनु भएको थियो।