चीनमा पानी मुनिको सुरुङ मार्ग सञ्चालनमा

0
375

२०७८ पुष २६ गते

एजेन्सी । चीनको लामो पानी मुनिको सुरुङ मार्ग सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको छ । चार वर्षमा चीनले उक्त सुरुङ मार्गको निर्माण सम्पन्न गरिएको छ । १०.७९ किलोमिटर लामो ताइहू सुरुङ मार्ग चीनको पूर्वी जियाङ्सू प्राप्तमा अवस्थित ताइहू तालमुनि रहेको छ । जियाङ्यू सरकारका अनुसार १.५६ अर्ब डलर लागतमा निर्माण सम्पन्न गरिएको हो । यसको निर्माण सन् २०१८ को जनवरी ९ मा सुरु गरिएको थियो ।

टू–वे सुरुङ मार्ग निर्माणका लागि २० लाख क्युबिक मिटर कङ्क्रिटको प्रयोग गरिएको थियो । यसमा ६ वटा लेन रहेको छ यसको चौडाइ १४.४५ मिटर रहेको चीनको सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ । सुरुङ मार्गको छतमा रंगिन एलईडी बत्ती जडान गरिएको छ । यसले चालकलाई थकानबाट जोगाउने बताइएको छ ।

यो सुरुङ मार्ग ४३.९ किलोमिटर लामो चाङसू–वुसी राजमार्गको अंश रहेको छ । यो डिसेम्बर ३०, २०२१ मा खुला गरिएको थियो । विश्वको सबैभन्दा लामो पानी मुनिको सुरुङ मार्ग भने नर्वेमा रहेको छ । यसको लम्बाइ १४.३ किलोमिटर लामो रहेको छ ।