२०७८ पुष १८ गते
काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन मंगोलियामा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलो पटक ‘भिड’ बढेको रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।
सन् २०२२ को पहिलो दिन १० अन्तरिक्ष यात्रीले पृथ्वीको कक्ष घुमेका थिए । सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए ।,’ रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।