रिदेन महर्जनकाे सकृयतामा १७ बर्षपछि सुकुन्दा साहित्या पालाकाे नयाँ नेतृत्वमा डंगाेल

0
282

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा आज भन्दा ४१ बर्ष अर्थात ने।सं। ११०१ स्थापना भएको सुकुन्दा साहित्य पाला पुर्नरुपमा गठन भएको छ ।

आज भन्दा १७ बर्ष अर्थात वि।सं। २०६१ सालमा बन्द भइसकेको सुकुन्दा साहित्य पालाको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्ष बिनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहाक, सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षिका श्रृमिला सुवालले मृत अवस्थामा रहेको सुकुण्डा साहित्य पालालाई पुनः जागरण गर्ने रिदेन महर्जन व प्रशान्तको टोलीलाई धन्यवाद प्रकट गर्दै नेवाः संस्कारमा जन्मिदादेखि शुभकार्यमामा प्रयोग हुने सुकुन्दाको सांस्कृतिक महत्व बारेमा आफ्ना धारण राख्दै सुकुण्डा साहित्य पालाः ज्वाजल्यमान हुने गरि बाल्न सबैलाई सहयोग गर्नु पर्ने जनाइन् ।

कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षक अनुपसिंह सुवालं सुकुन्दा साहित्य पालाः का पुराना अग्रजको छु एल्मुनाइ एशोसियसन गठन गर्नुपर्नेमा जोड दिए । विशेष अतिथि राजी किपूले नेपाल भाषा विषय हटाइसकेको क्याम्पसमा नेपालभाषा पुर्नजागरण अभियान सफल बनाउनु भएकोमा सम्पूर्ण अभियन्ताहरुलाई बढाई दिदै आपूm पनि यस क्याम्पसमा वि।सं। २०५५ अर्थात २३ साल पछि क्याम्पसको कायक्रममा सहभागी हुन पाएकोमा खुशी लागेको जनाउँदै उपत्यकाको विभिन्न क्याम्पसमा पहिला पाला किन गठन गरिएको हो ? सो विषयमा बुझेर अघि बढ्नु पर्नेमा जोड दिए । तसर्थ अव बलेको सुकुन्दालाई बालिरहन सबैले सहयोग गर्नुपर्ने जानकारी गराए ।

नेपाल भाषा विषय पढेर आफूमा आएको परिर्वतन बारेमा बि.ए. प्रथम बर्षका नेपाल भाषा विद्यार्थी सरिता मालाकार (डंगोल) नेपाल भाषा विषय पढेर पास गर्ने मात्रै नभई आपूmले ज्ञान आर्जन गरेको ज्ञानको चेतना दिएर अघि बढ्नु पर्ने धाराणा राखिन् । आपूmले सक्दो योगदान दिने प्रतिबद्धता जाहेरी गरिन् । अतिथि नेपाल भाषा शिक्षक मदनसेन बज्राचार्य यस सुकुन्दा साहित्यक पालाः गठन गरी बन्द भइसकेको सुकुन्दा साहित्यिक पत्रिका प्रकाशन गर्नु सबैको लागि उपब्धीपूर्ण हुने भएकाले सबैले आ—आफ्नो क्षेत्रबाट प्रकाशन सहयोग गर्नु पर्ने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा शिक्षक प्रो.डा. चन्द्रमान बज्र्राचायले नेपाल भाषाको क्षेत्रमा पनि विभिन्न राजनीतिक पार्टीले आफ्नो पार्टी बलियो बनाउनका लागि विद्यार्थी संगठन बनाउनका लागि ध्यान दिएझै विद्यार्थीको संख्या बढाउनेमा जोड दिनुपर्नेमा उल्लेख गर्दै नेवार समुदायले सर्वप्रथम क्याम्पसमा नेपालभाषा पढ्ने विद्यार्थीहरुको संख्या बढाउन तिर ध्यान नदिएको तिप्पणी गर्दै राजनीतिक पार्टीका नेताहरुले नेपाल भाषा शिक्षकहरुलाई तलब खाने तपाईं भएको हुँदा शिक्षकशिक्षकाको दायित्व हो भनेर टिप्पणी गर्नु सरासर गलत हो । प्रो.डा. बज्राचार्य थप्दै भन्नु भयो पहिला जुन रुपमा भाषिक जागरण आयो अहिले मृतअवस्था पुगेको नेपाल भाषा पुर्न जागारणको रिदेन महर्जन, प्रशान्त डंगोल लगायतका टोलीको आ—आफैनै बेलै भूमिका रहेका धारणा राखे । सुकुन्दा साहित्य पालाः पत्रिका प्रकाशन गर्नु पनि आन्दोलनको जागरणको अर्को रुप हो । विद्यार्थीहरुको संख्या बृद्धि गराउनुका साथै विद्यार्थीहरुको लेखन कार्य बढाउने एउटा अवसर पनि हुने भएकाले हरेक क्षेत्रमा महत्वपूर्ण हुने भएकाले सुकुन्दा साहित्य पालाः प्रकाशित गराउन लागेकोमा विद्यार्थी समुहलाई शुभकामना व्यक्त गरे ।

विशेष अतिथि सुकुन्दा साहित्यपालाका पूर्वअध्यक्ष अशोज महर्जनले आर। आर। क्याम्पस उच्च शिक्षा अध्यायनका लागि मुख्य केन्द्र भएकाले पाला गठन भएको प्रति खुशी व्यक्त गर्दै आपूmहरुले अहिले सँझ्या साहित्य पालाः, कुलाँ साहित्या पालाः कसरी अघि बढाउने बारे व्यापक छलफल भइरहेकोले सुकुन्दा साहित्य पालाः पाला प्रकाशनको मूख्य विद्यार्थीहरुलाई सहजताका लागि प्रकाशित गर्ने शुभकार्यमा सबैको सहयोग आवश्यक रहेको जनाए ।

कार्यक्रम सञ्चालक प्रशान्त डंगोलले जसरी संस्कृत भाषा संरक्षण गर्न संस्कृत विश्वविद्यालयको आवश्यक छ त्यसरी नै त्यसरी नेवार समुदायको भाषा, कला, संस्कृति, सभ्यता को विकास गरी संरक्षण सम्बद्र्धन गर्न नेवाः विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति नेवाः विद्यार्थी युनियन रिदेन महर्जनले सर्वप्रथम आफूले नेपाल भाषा अभियानका क्रममा सर्वप्रथम भाषिक चेतना नआइकन साहित्यिक चेतना नआउने भएकाले विध्यार्थीलाई संगठित गराएर पहिला हटाइ सकेको नेपाल भाषा पुनः गराउन सफल भएको जनाउँदै आर आ। क्याम्पसमा वि।ए। देखि एम। ए। सम्म नेपाल भाषा पुर्नस्थापना अभियान सफल बनाउन सहयोग गर्नेहरूप्रति धन्यावाद दिदै कुनै पनि कार्य एक्लैले सम्भव छैन तसर्थ सम्पूर्ण संघसंस्थाले नेपाल भाषा बिध्यार्थी बढाउनका लागि पहल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालभाषा शिक्षिका दिपना शर्मा, नेपालभाषामा पि.एच.डी. गरिरहनु भएकी रबि महर्जन सबिना महर्जन (ज्यापु समाजकी उपाध्यक्ष) समेतले उपस्थिति जनाइन् ।