१४ मंसिर २०७८
मनहरी । नेकपा माओवादी केन्द्र मनहरी र राक्सिराङ गाउँकमिटीको प्रथम अधिबेशन आज मङगलबार हुने भएको छ । माओवादी केन्द्र मनहरीको सम्मेलन गाउँपालिकाको केन्द्र रजैयामा बिहान -११ बजेका लागी तोकिएको माओवादी केन्द्र मनहरीका इन्चार्ज राजकुमार पाख्रीनले जानकारी दिए । सम्मेलनको प्रमुख अथिति माओवादी केन्द्र बागमति प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला)रहेको इन्चार्ज पाख्रीनले बताए । कार्यक्रममा दशै वटा वडाका २ सय भन्दा बढी वडाका प्रतिनिधि गरि ५ सय भन्दा बढीको सहभागीतामा सम्मेलन गर्न तयारि पुरा गरेको छ ।
त्यसै गरि नेकपा माओवादी केन्द्र राक्सिराङ्को प्रथम सम्मेलन पनि मङ्गलबार हुदै छ । गाउँपालिका केन्द्र चैनपुरमा बिहान ११ बजे गर्ने गरि सम्मेलनको तयारी पुरा गरिएको माओवादी केन्द्र राक्सिराङका इन्चार्ज बनस्तम थिङले बताए । सम्मेनको प्रमुख अथिति नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटी सदस्य ओम बहादुर ग्लान रहने इन्चार्ज थिङको भनाई छ ।