राक्सिराङमा टोल बिकास स्तरीय फूटबल प्रतियोगिता शुरु

0
270

२०७८ असोज २१
मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.६ मा दशैको अबसरमा टोल विकास स्तरीय खुल्ला नक-आउट फुटबल प्रतियोगिता शुरु भएको छ।

खेलको उद्घाटन प्रमुख अतिथी एवं वडा अध्यक्ष सिङ्ग लाल प्रजाले गर्नुभएको थियो। उहाँले खेल क्षेत्रबाट आफ्नो युवाहरुलाई जागरुक बनाउन लागि परेको र सदैव सहयोग र साथ दिने प्रतिबद्धता जनाउनुभयो।

सो खेलमा वडाभित्र रहेका टोल बिकास संस्थाहरुको बिचमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता विजयी हुने टिमले उचित पुरस्कार समेत पाउनेछन।

उक्त खेलको लागि नेपाली कांग्रेस राक्सिराङ ६ का सभापति राजकुमार प्रजाले दस हजार बराबरको खेलकुद सामाग्री सहयोग गर्नुभएको थियो।

खेल संयोजक राजन तामाङको सभापतित्वमा सम्पन्न सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं वडा अध्यक्ष सिङ्ग लाल प्रजा अतिथिहरुमा नेपाली काङ्ग्रेस राक्सिराङ ६ को सभापति राज कुमार प्रजा, नेकपा माओवादी केन्द्र वडा ईन्चार्ज अक्कल बहादुर तामाङ सामुदायिक वन का अध्यक्ष आईत सिं प्रजा,
सिमर गाउँ टोल बिकास समितिको अध्यक्ष डि.बि. लोप्चन लगायत वडा स्तरीय विभिन्न पार्टीका नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।