जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

0
71

२०७८ असोज १८ गते

काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।