चितवनमा आज थप ५३२ जना संक्रमित

0
66

२०७८ असोज १० गते

चितवन । चितवनमा विगत २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण देखिएन । थप मृत्यु पनि शून्यमा झरेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको हो ।

कसैमा संक्रमण नदेखिए पनि ५७७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये ५३२ जना घरमा आइसोलेसनमा र ४५ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

आज चितवनमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन तर पनि आजसम्म संक्रमणबाट चितवनमा ४१२ जनाको मृत्यु भएको छ । पहिलो र दोस्रो लहर गरेर चितवनमा जम्मा २५ हजार ७७० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये २४ हजार ७८१ जना निको भएका छन् ।