के सुनका गरगहना र मंहगा पहिरन नै तीज हो ?

0
91

२०७८ भदौ २५ गते

काठमाडौं । सानो वेलामा हिन्दु संस्कार र सनातन विधिहरूलाई वाईयातको शंज्ञा दिदै कयौ रितिरिवाज र परम्परालाई मनमनै अनादर गर्ने म हिजोआज आफ्ना पुर्खाहरूले अपनाउदै आएका सनातन संस्कार र परम्परालाई सम्मान र आदरले मनमनै पुजा गर्ने भएकी छु ।

धार्मिक विधिहरूमा कानुनी नियम तथा सजाय नहुने भएकाले आफुलाई चित्त नवुझेका पाटाहरूलाई परगेल्ने स्वतन्त्रता सवैलाई हुनुपर्छ र हिजोआज पहिला पहिला जस्तो धार्मिक निमयमा वस्न वाध्य वनाउने परम्परा विस्तारै हराउदै गईरहेकोले परिस्थिती सहज हुदै गईरहेको छ । पहिला पहिला तीज भन्नेवित्तिकै छोरीचेली माईती जाने, दर खाने र गाउँ, टोल, नदि धार्मिकस्थल तथा सार्वजनिक चौतारामा जम्मा भएर मौलिक रूपमा गाईने तीज गीतमा आफ्ना वेदनाहरू पोखेर मनाउने चलन थियो तर हिजोआज तीज पर्व सहर बजारको रमझममा वढी केन्द्रित भएको देखिन्छ भने तीजका गितहरू पनि पहिला पहिलाको भन्दा फरक शैलिमा आईरहेको छ ।

हरेक वर्ष झै यस वर्ष पनि हरितालिका तीज नजिकिदै गर्दा नेपाली नारीहरूको रमझम र फोटो शेसनले सामाजिक संजालहरू रंगिनु कुनै नौलो विषय भने होईन तर पर्वको नाममा गरिने देखासिखी र होडवाजीले हाम्रो मौलिकतालाई कत्तिको जोगाएको छ भन्ने प्रश्नले वारम्वार मनलाई घच्घच्याईरहन्छ ।

मेरो वाल्यावस्था हिन्दु परिवारको परम्परा, संस्कार र रितिरिवाजमा हुर्कदै गर्दा वौद्द परम्परालाई पनि नजिकवाट नियाल्ने अवसर मिलेको थियो । सानैदेखी अंहिसाका प्रतिक , शान्तिका अग्रदुत भगवान् वुद्दप्रती मेरो अलिक आस्था वढी रहन्थ्यो त्यसैले पनि म हिन्दु र वौद्द मन्दिरहरूमा उत्तिकै आस्थाको दियो जलाउने गर्थे ।

परिस्थितीले मेरो जीवनको लामो समय यहुदी मुलुक इजरायलमा विताउने अवसर दिलायो र केही वर्षदेखी क्रिश्चियनहरूको वाहुल्यता रहेको देश अष्ट्रियामा रहेर क्रिश्चियन परम्परालाई नजिकवाट नियालिरहेकी छु, सोही क्रममा केही क्रिश्चियन, मुस्लिम र अफ्रिकन मिल्ने साथीहरू समेत वनेका छन् ।

कुनै पनि देशको परम्परा, रितिरिवाज र चाडपर्वहरू त्यहाँका मानिसहरूले मान्ने धर्मसंग जोडिएको हुदोरहेछ अनी हिन्दु र वौधधर्मावलम्विहरूको जस्तै हरेक पर्वहरूको महत्व र परम्पराहरू परापूर्वकालिन मान्यताहरूसंग सम्वन्धित हुदोरहेछ । चाहे यहुदीहरूको तोरा,क्रिश्चियनहरूको वाईवल, इश्लामहरूको कुरान, वुध्दिश्टहरूको त्रिपिटक या हिन्दुहरूको गिता वा रामायण होस्, हरेक धार्मिक शास्त्रहरूमा अहिलेको पुस्तालाई असान्दर्भिक लाग्ने रितिरिवाजहरू हुदारहेछन् , अहिलेको नेपाली पुस्ताले जस्तै यहुदीहरूले या क्राईष्टहरूले पनि आफ्नो संस्कार र रितिरिवाजप्रती अविश्वास राख्दारहेछन् तर आफ्नो धर्म, संस्कार र संस्कृतीको विरोध गरेर समाजमा नकारात्मक गतिविधीहरू फैलाउने, धार्मिक पुस्तकहरू जलाउने, धार्मिक गतिविधीहरू वन्द गराउने अथवा सामाजिक संजालमा गालीगलौच गर्ने गरेको कतै देखिदैन ।

नेपाली नारीहरूको महान् पर्व तीजको विषयलाई लिएर एकातिर अहिले समाजमा थुप्रै वहशहरू चलेको देखिन्छ तर अर्कोतिर तीज धार्मिक भन्दापनि सांस्कृतीक पर्वको रूपमा रूपान्तरित भईरहेको छ । नेपालमा मात्र नभएर प्रवासमा वस्ने नेपाली महिलाहरू प्रायजसो सवैले तीज पर्व मनाउन थालेका छन् । हिजोआज विश्ववजारमा तीज पर्व नेपाली नारीहरूको सांस्कृतिक पहिचानको रूपमा वुझ्न थालिएको पाईन्छ ।

सुनको मुल्य वढेर चुलिएको वेला नेपाली नारीहरूले लगाउने गरगहना देखेर विदेशीहरू पनि दंग पर्दै जिव्रो काढ्छन् । सुनको महंगाई चुलिएसंगै ज्याला मजदुरी गरेर दैनिकी गुजार्नेहरूका लागि तीजमा सुनका गरगहना फेर्नु एकादेशको कथा झै भएको छ । नेपाली सेलिव्रेटीहरू मात्र होईन हिजोआज मध्यम वर्गिय महिलाहरू पनि महिनौ अगाडिदेखी तीजका गरगहना र मंहगा पहिरनमा सजिएर पार्टी प्यालेश र डिस्कोहरूमा ह्विस्कीको चुस्की तानेर, आफ्नो पहिरन र सृगारलाई सर्वोत्कृष्ट ठानेर पर्वको नाममा रमाईरहेका हुन्छन् ।

आफ्नै कमाईमा रमाउनेहरू भन्दा पनि श्रीमानको कमाईमा रमाउनेहरूको होडवाजी अझ रोमान्चक देखिन्छ । पर्वको नाममा लाखौ खर्चिनेहरू पिडामा छट्पटाउदै सहयोगको लागि हारगुहार गर्नेहरूका लागि, भिखारी, खाते भनेर ५० रूपैया समेत दिदैनन् । के यो अहमंताको पराकाष्ठ होईन ? अहिलेका आमाहरूले यस्तै व्यावहार देखाउने हो भने भावी पुस्ताहरूले के सिक्लान् भन्ने गम्भिर प्रश्नले उत्तिकै पोलिरहन्छ ।

के महंगा गहना र पहिरनले मात्र नारीहरूलाई सुन्दर देखाउने हो ? होईन भने शिक्षित, पढेलेखेका र सेलिव्रेटी भईसकेका नारीहरूले नै यसको सुरूवात गर्न जरूरी देखिन्छ । एउटा सुन्दर नारी त्यो हो, जसको मनमा कुनै अहंमता , इश्या र देखासिखी हुदैन, आफ्नो हैसियत अनुसार सुनका गर-गहनाविनै पनि परिवारको सुन्दर व्यावस्थापन गर्छिन् अनी मनभरी सेवाभाव राखेर आफुसंग भएको चिज नहुनेहरूलाई वाँडीचुडी रमाउछिन् । वाहिरी पहिरन जस्तोसुकै भएपनि सफा दिलले खुलेर हाँस्ने, नाँच्ने र रमाउने नारीहरूलाई देखासिखी या मंहगा पहिरनको जरूरत नै पर्दैन । पर्वको नाममा विदेशवाट नेपाल भित्रिने सामग्रीहरूले के साच्चै नेपालीहरूलाई सक्षम वनाएको छ त ? होईन भने नेपालीहरू स्वदेशी उत्पादनमा किन रमाउन सकिरहेका छैनन् ?

हो परिवर्तनलाई रोक्न सकिदैन तर परिवर्तन र पर्वहरूको वहानामा कतै विकृती त मौलाईरहेको छैन ? विकसित राष्ट्रहरूका महिलाहरूलाई हेर्यौ भने सक्षम भएर पनि सुन, गरगहना र महंगो पहिरन विनै निर्धक्क रमाईरहेका हुन्छन् । उनीहरूको विवाह, चाडपर्व या पार्टीहरू हाम्रो भन्दा निकै कम खर्चिलो हुन्छ ।

विश्ववजारमा नेपालीहरूले सस्तो मूल्यमा श्रम वेचिरहनु परेको अवस्था, भ्रष्ट्राचारले चुर्लुम्म डुवेको देशको लथालिंगे परिस्थिती अनी वेरोजगारीले थला पारेको युवा पुस्ताको कहालीलाग्दो कथा व्याथा र राजनितिक परिवेशले निम्त्याएको आमजनमानशको नैरास्यतालाई महंगा गहना र उत्ताउलो रूपमा मनाईने चाडपर्वले सान्त्वना दिन सक्दै सक्दैन त्यसैले समाज र देश विकाशको लागि सर्वप्रथम मानशिकता परिवर्तन हुनु जरूरी छ ।

एकपटक सोचौ त, विभिन्न देशहरूवाट लखेटिएका यहुदीहरूले ६०-६५ वर्षकै इतिहासमा कसरी एकजुट भएर विसकित राष्ट्रको सुचिमा पर्ने गरी इजरायल भन्ने देश वनाए ? दोश्रो विश्व युद्दमा थला परेको युरोप आज कसरी शिर ठाडो पारेर उभिएको छ ? यही समाजले वनाएको परम्परा ,रितिरिवाज र संस्कारहरू परिस्थिती अनुसार वदलिदै जानु समयको माग पनि हुन सक्छ तर पर्वको पुरै स्वरूप वदलेर कुन पर्व मनाउदैछौ हामी ? एक अर्काको परम्परालाई होच्याएर, सामाजिक संजालमा गालीगलौच गरेर कुन स्वतन्त्रताको उपयोग गर्दैछौ हामी ? सवैले सवैको अस्तित्व स्विकार गर्न सक्यौ भने मात्र समतामुलक समाजको निर्माण हुन सक्छ भन्ने कुरा आम नेपाली समुदायले वुझ्नु अत्यन्त जरूरी छ नत्र खुट्टातानी खेलमै देश अझै वर्षौ पछी पर्न सक्छ ।

सुनका गरगहना र महंगा पहिरनले महिलालाई कहीकतै सक्षम वनाउदैन, वरू अहंमताको खेती फस्टाउला त्यसैले धार्मिक स्वतन्त्रताको उपयोग गर्दै आफ्नो मन रमाउने गरी मौलिक रूपमै चाडपर्व मनाउदा हाम्रो संस्कृतीको संरक्षण र संम्वर्धनमा अझ टेवा पुग्ला । एउटा वर्ग मात्र माथी पुगेर कहिल्यै देश विकाश हुदैन भन्ने कुरा माथिल्ला वर्गकाहरूले वुझ्नु जरूरी छ ।

जवसम्म एउटा वर्ग मोजमस्ती र भोज भतेरमै करोडौ सिध्याउने अनी अर्को चाही उपचारविना छट्पटिदै अस्पतालको गेट वाहिरै प्राण त्याग्नुपर्ने अवस्था आईरहन्छ तवसम्म विश्वसामु देशको शिर माथी उठ्न सक्दैन