बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक

0
97

२०७८ भदौ २३ गते

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक परेको छ। उनकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो।

अक्षय कुमारले ट्विट गरेर आमाको निधन भएको जानकारी दिएका छन्। आमाको निधनले आफूलाई असह्य पीडा दिएको उनले बताएका छन्। अरुणा केही समयदेखि बिरामी थिइन्। मुम्बईको हिरानन्दानी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।एजेन्सी