२१ भदौ २०७८
मकवानपुर । पश्चिम मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ मा एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ ।
नेपाली काँग्रेसको हिजो भएको १४ औं वडा अधिबेशनमा नेकपा एमालेबाट असन्तुष्ट भएका एमाले बाट निर्वाचित साविक कांकडा ५ का पुर्व वडा अध्यक्ष सुर्य बहादुर थीङ सहित २० जना काँग्रेस प्रवेश भएको हो।
उनीहरू लाई कांग्रेस पार्टीका नेताले सदस्यता प्रदान गर्दै अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका छन ।
कांग्रेसमा प्रबेश गर्दै एमालेका पुर्ब वडा अध्यक्ष थीङले नेकपा एमालेले सरकार सञ्चालनमा देखाएको तानाशाही प्रवृत्ति, भ्रष्टाचार, राष्ट्रिय ढुकुटी रित्याएर कार्यकर्ताको भरणपोषण गर्ने प्रवृत्तिप्रति वितृष्णा पैदा हुनुका साथै आफ्नै प्रवृत्तिका कारण एमाले टुक्राटुक्रा हुँदै जाने भएपछि एमाले दल त्यागेर आफू प्रमुख प्रतिपक्षी कांग्रेसमा प्रवेश गरेको भन्दै धारणा राखेका थिए ।
सो १४ औं अधिबेशनबाट नेपाली काँग्रेस राक्सिराङ वडा नं. ६ मा सर्बसहमती अनुसार राजकुमार प्रजालाई सभापतिमा चयन गरेका छन। उनीसंगै १४ जना कार्यसमिति चयन गरिएको जनाएको छ।