गायक सुरज कालाखेतीको “मायालु आउने बाटोमा” सिम्पल र समिपको उत्कृष्ट अभिनयमा भिडियो सार्वजनिक

0
3571

चितवन – २४ जेठ २०७६

गायन क्षेत्रमा छोटो समयमै चर्चामा आउन सफल युवा गायक सुरज कालाखेतीको स्वरमा “मायालु आउने बाटोमा” बोलको नयाँ पप गीतको म्युजिक भिडिओ चर्चित गायक कमल खत्रीको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

पछिल्लो समयमा बिभिन्न बिधामा गीत गाउदै चर्चा बटुलिरहेका कालाखेती गीत गाउनमा साह्रै माहिर छन। गायक कालाखेतिको यस गीतमा अहिलेका युवायुवतिमा देखिएको प्रेम भावलाई समेटिएको छ ।

चर्चित गायक कमल खत्रीको शब्द र संगीत साथै रिकेश गुरुङ्गले एरेन्ज गरेको सो गीतमा गायक सुरज कालाखेतीको आफ्नै स्वर रहेको छ । उत्तम हुमागाईले छायांकन गरेको सो भिडियोमा सिम्पल खरेलले निर्देशन र पवन सुस्लिङले भिडिओ सम्पादन गरेका छन। यस गीतमा सिम्पल खरेल र समिप तमाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यस भन्दा अघी गायक कालाखेतिको झुम्कावाली, तिमी बिना बोलको गीत बजारमा आईसकेका छन।

म्युजिक भिडिओ सोचेभन्दा धेरै राम्रो बनेकोले यसबाट दर्शक श्रोताको मन जित्न सकिनेमा बिस्वस्त रहेको गायक कालाखेती बताउछन ।

भिडियो हेर्नुहोस् ।