बागमती प्रदेशका मन्त्री लामालाई प्रदेश मन्त्रालयबाट बिदाई

0
161

२०७८ भदौ ३

मकवानपुर । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मन्त्री दावा दोर्जे लामालाई आज प्रदेश मन्त्रालयमा बिदाई गरिएको छ ।

हिजो बुधबार मुख्यमन्त्री परिवर्तन भएसंगै मन्त्री लामाको पद पनि गएको थियो । अबको कृषि मन्त्री को बन्छ भन्ने प्रतिक्षाको विषय भएको छ । अहिले मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नै कृषि मन्त्रालय राखेकी छिन् ।

लामा झण्डै साढे ३ वर्षदेखि कृषि मन्त्रीको रुपमा रहेका थिए । उनीसंग मन्त्री भएका अन्य प्रदेशहरु गण्डकी, लुम्बिनी र कर्णालीमा यसअधि नै मन्त्री परिवर्तन भइसकेका छन् । प्रदेश १ र ७ मा भने पुरानै मन्त्री कार्यरत रहेका छन् ।