हात्तीसँग सेल्फी खिच्ने क्रममा एकजनाको मृत्यु

0
104

२०७८ असार ४ गते

मोरङ । सुनवर्षी नगरपालिका– ८ कुरेलीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीय मनोहर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मिया हात्तीको नजिकै गएर सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए । घाइते मियाँलाई न्युरो अस्पताल विराटनगरमा पुर्‍याउनेबित्तिकै स्वास्थ्यकर्मीले मृत्यु भएको पुष्टि गरेका थिए ।