माओवादी केन्द्र राप्तिको सहयोगमा राप्ती १० र ११ मा खाद्यान्न सामाग्री बितरण

0
100

२५ जेठ २०७८
राप्ती – नेकपा माओवादी केन्द्र राप्ती नगरले राप्ती १० र ११ मा खाद्यान्न सामाग्री बितरण गरेको छ। विश्व महामारीको रुपमा देखिएको कोरोना भाइरस कोभिड-१९ को बड्दो संक्रमण र रोकथामको लागि सरकार द्वारा जारी लामो समय देखिको निषेधाज्ञाले सामान्य मानिसहरुको जनजिबनमा प्रत्यक्ष असर पारेको छ । त्यसैलाइ मध्य नजर गर्दै सामान्य भोकबाट कोहि नागरिक नमरुन भन्ने उदेश्यका साथ नेकपा माओवादी केन्द्र राप्ती नगरले खाद्यान्न सामाग्री बितरण कार्यलाई अगाडी बढाएको राप्ती नगर कमिटिका अध्यक्ष रामचन्द्र पाठकले जानकारी बताउनु भयो ।पार्टिका नेता तथा कार्यकर्ताहरुबाट सहयोग संकलन गरि अत्यन्तै बिपन्न दलित,जनजाती र सिमान्तकृत जनताको घरमै पुगि खाद्यान्न सामाग्री बितरण गरिएको थियो।जेष्ठ २३ गते आइतबार राप्ती १० मा र जेष्ठ २४ सोमबार राप्ती ११ मा पुगि राहत बितरण गरिएको छ ।राहत बितरणको क्रम जारी रहने र जनताको घरमै पुगि सक्दो सहयोग दिएर जनता बचाउने कार्यमा पार्टी सदैब अगाडि बढ्ने राहत बितरण कार्यक्रममा सहभागीहरुको भनाइ थियो ।कार्यक्रममा नेकपा माओवादी केन्द्र राप्तिका अध्यक्ष रामचन्द्र पाठक ,योङ्ग कम्युनिस्ट लिग नेपाल ,राप्तिका इन्चार्ज सन्देश घलान ,बिना उप्रेती ,ऋषिराम कंडेल ,कबिराज कंडेल ,उमा सुनार,उमा परियार आदिको उपस्तिथि रहेको थियो। राहत सामाग्री राप्ती १० का नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष भरत बहादुर चेपाङ र राप्ती ११ का वडा पार्टी अध्यक्ष अक्कल बहादुर चेपाङको उपस्तिथिमा बितरण गरिएको थियो ।