ललिता निवासको जग्गा आफ्नो नाममा पार्ने ४९ जनाको घर ठेगाना नै पत्ता लागेन

0
71

२०७८ जेठ २३ गते

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्र भित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने अत्यन्त जरुरी सूचना जारी गरेको छ । ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

उनीहरुलाई सो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुनपर्ने कारण भए २१ दिनभित्र कारण सहित उपस्थित हुन् र यदि कोरोनाको कारण उपस्थित हुन नसके इमेलमार्फत् कारण तथा प्रमाण पेश गर्न भुमि सुधार तथा मालपोत कार्यालयले भनेको छ ।