राजेन्द्र महतो शहरी बिकासमन्त्री बन्ने , यी हुन जसपाले पाएको अन्य मन्त्रालय

0
98

२०७८ जेठ २१ गते

काठमाडौं । जसपाबाट राजेन्द्र महतोले नेतृत्व गर्दै सरकारमा जाने नयाँ मन्त्रीहरुको नामवली बनाएको छ । स्रोतका अनुसार पछिल्लो पटक सात मन्त्रालयमा चित्त बुझाएको जसपाका तर्फबाट महतो शहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन । यसैगरी शरतसिंह भण्डारी पर्यटन मन्त्री बन्ने लगभग पक्का भएको छ ।

प्रधानमन्त्री केपी ओलीले जसपाका लागि शहरी बिकास र पर्यटनसँगै भूमिसुधार, श्रम, खानेपानी, युवा तथा खेलकुद र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय छुट्ष्याएका छन् ।

यसैगरी एमालेबाट रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीले पहिले सम्हाल्दै आएको मन्त्रालय पुन सम्हाल्ने छन ।