जंगली च्याउ खाँदा राक्सिराङका एकजनाको मृत्यु, २ जना बिरामी

0
269

१८ जेठ २०७८
हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ७ मा जंगली च्याउ खाएका एकजनाको मृत्यु भएको छ भने २ जना बिरामी परेका छन् । मृत्यु हुनेमा राक्सिराङ ७ बेसीटोलका ५१ वर्षीय चन्द्रमाया प्रजा रहेका छन । आइतबार जंगलबाट ल्याएको च्याउ सोमबार बिहान पकाएर खाएको र सोमबार दिउँसो १ बजेतिर उनको मृत्यु भएको घटनास्थलमै रहेका नेकपा माओवादी केन्द्रका नेता अन्जित प्रजाले जानकारी दिए । बिरामी परेका २ जना मृतकका श्रीमान् र नातिनी हुन । श्रीमान ४८ वर्षीय चतुरमान प्रजा र नातिनी १० बर्षीय सजिता प्रजाले सोमबार बिहान सँगै च्याउ खाएका थिए । चतुरमानको अवस्था सामान्य रहेको र नतिनी सजिताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बिरामी परेकाहरुलाई अस्पताल पुर्याउने प्रयास भइरहेको बताईएको छ ।