राक्सिराङ ६ कांकडामा मात्रै २७ जनामा कोरोना, वडा पुर्ण रुपमा सिल

0
342

२०७८ जेठ १७
हेटौंडा । पश्चिम् मकवानपुर राक्सिराङ गाउँपालिकामा कोभिड १९ को सङ्क्रमण दर उच्च बन्दै गएको छ । गाउपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजिन परिक्षणका क्रममा ग्रामीण भेगमा संक्रमण उच्च रुपमा फैलिएको पाइएको हो । सोमबार राक्सिराङ ६ को राष्ट्रिय मावि सिलिङगे र काकडा स्वास्थ्य चौकीमा परिक्षण गरिएका अधिकांशमा कोभिड पोजिटिभ देखिएको वडा अध्यक्ष सिंगलाल प्रजाले जानकारी दिनुभयो । उहाका अनुसार सिलिङगेमा परिक्षण गरिएका २७ जनामध्ये १२ जना संक्रमित छन । काकडा स्वास्थ्य चौकीमा १६ जनाको परिक्षण गर्दा १५ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो । गाउपालिकाको स्वास्थ्य टोलीले राक्सिराङ ६ को ४३ जनाको एन्टिजिन किटमार्फत परिक्षण गरेका थिए, जसमध्ये २७ जनामा पोजिटिभ देखिएको हो ।
एक साताभन्दा अगाडीदेखि नै गाउँमा ज्वरो आउने, रुघाखोकी लाग्ने, खाना मिठो नलाग्ने बिरामिहरु देखिएको वडा अध्यक्ष प्रजाले बताउनुभयो । तत्काल परिक्षणका लागि गाउँपालिका स्वास्थ्य शाखामा पहल गर्दा सुनुवाई नभएको र ढिलो गरि परिक्षणका लागि स्वास्थ्यकर्मी पठाइएको उहाँको गुनासो छ । जसका कारण कोरोना संक्रमण थप फैलिएको स्थानियको गुनासो छ । सिलिङगेमा गरिएको परिक्षणमा ७ जना राष्ट्रिय माविको भवन निर्माणमा खटिएका मजदुरहरु हुन ।
वडा पुर्णरुपमा सिल
वडामा कोरोना पोजिटिभ व्यापक देखा परेपछि वडाला पुर्ण रुपमा सिल गरिएको छ । वडा अध्यक्ष प्रजाले वडा प्रवेश गर्ने सबै नाका बन्द गर्ने र बाहिर बाट आउने लाई पनि प्रबेश निषेध गरिने बताउनुभयो । उहाँले बिरामी हरुलाई उच्च मनोबल बनाई रहन अनुरोध गर्दै बिरामी हरुलाई स्वास्थमा जटिल समस्या आईपरेमा वडाकै खर्चमा एम्बुलेन्स सेवा दिने बताउनुभयो ।
गाउँपालिकाको वडा नं ४ मा पनि कोरोना संक्रमित संख्या उच्च छ । गाउपालिकाले भने बिभिन्न योजना बनाई कोरोना नियन्त्रण को प्रयास गरिरहेको छ ।