संसद विघटनविरुद्ध आज सर्वोच्चमा रिट

0
81

२०७८ जेठ १० गते

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात संसद विघटन गरेपछि विपक्षी गठबन्धनका सांसदहरु रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् ।

राष्ट्रपति भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज बिहान सर्वोच्च जान लागेका हुन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार गठबन्धनको टोली कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत पुग्नेछ ।
रिट हाल्ने प्रयोजनका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए ।