शीतलनिवास बाहिर संसद विघटनको विरोध नेविसंघको प्रदर्शन

0
116

२०७८ जेठ ९ गते

काठमाडौँ । बलजफ्ती रुपमा गरिएको संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेविसंघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।