चितवनमा एउटै घरको आमा,छोरा र छोरीले गरे आत्महत्या

0
776

चितवन चैत २२
भरतपुरमा एकै परिवारका ३ सदस्यले सलको पासो लगाएर एकै ठाँउमा आत्महत्या गरेका छन । भरतपुर माहानगरपालिका १८ स्थित शशिनगरमा आमा,छोरा र छोरीले हिजो राति एकै साथ आत्महत्या गरेका हुन ।

जस्तापाताको छानामा अडयाएको फलामको डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर,१३ वषीय छोरा विवेश आले र १५ वर्षकी छोरी विनिता आलेले एकै ठाँउमा पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दुर्गाराज रेग्मीले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३ जना नै घरको छानाको फलामे डण्डीमा झुण्डिएर आत्महत्या गरेको खुलेको छ । अहिले शव पोष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मिलनचोकको बजारमा चिया पसल गदै आएकी आलेमगरका छोराछोरी भने नजिकैको ईङलिस बोडिङ स्कुलमा अध्यन्न गदै आईरहेका थिए ।