हावाहुरीमा परी दिवंगत भएकाको सम्झनामा मौन धारण तथा दीप प्रज्वलन

0
830

 चैत २१ गते

भण्डारा, चितवन ।

बारा र पर्सा जिल्लामा गत आइतबार आएको हावाहुरीमा परी दिवंगत भएकाको सम्झनामा पुर्बी चितवन राप्ती नगरपालिका वडा न ७ मा अवस्थित संघ छेवाङ्ग टासी बौद्ध गुम्बामा मौन धारण तथा दीप प्रज्वलन गरेको छ ।


सो गुम्बामा बौद्ध धर्म संस्कार अनुसार लामा गुरुहरुले मन्त्र पाठ (मोलम) गरि दीप प्रज्वलन गर्दै दिवंगत भएकालाई श्रद्धाञ्जली अर्पण र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको हो ।

गुम्बामा मन्त्र पाठ र दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको लामा गुरु पेमा संगेले जनाएको छ ।
गुम्बाको आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा लामा गुरु पेमा सांगे लामा,गुम्बाका प्रमुख लामा तर लामा,जित बहादुर लामा , युवा लामा गुरु राजु लामा,लगायत गुम्बाका सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।