राक्सिराङको कोरोना अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

0
263

३१ बैशाख २०७८

हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउपालिकामा रहेको कोभिड अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत हेटौडा उपमहानगरपालिका घर भएकी महिलाको शुक्रबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । हेटौडा घर भएकी ७७ बर्षिय ती महिलालाई हेटौडाका अस्पतालमा बेड र अक्सिजनको अभाव भएको भन्दै शुक्रबार दिउँसो राक्सिराङ गाउपालिकाले सन्चालन गरेको कोभिड अस्पतालमा ल्याइएको थियो ।

हेटौडाबाट रिफर गरि ल्याइएको केहि समयमा नै महिलाको ज्यान गएको अध्यक्ष मल्लले बताउनुभयो । ती महिलाको छोरा बुहारी राक्सिराङकै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी हुन ।

सोही अस्पतालमा हाल थप एकजना संक्रमित उपचाररत छन् । राक्सिराङ ४ घर भएका उनको अवस्था केहि दिनअघि गम्भीर बनेपनि अहिले सुधार भएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष मल्लले राक्सिराङ अस्पतालमा बेड र अक्सिजन हाललाई पर्याप्त रहेको बताउनुभएको छ।