राक्सिराङको सिलिङ्गेमा भीरबाट लडेर एक जनाको ज्यान गयो

0
301

२०७८ बैशाख ३०

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउपालिकाको सिलिङ्गेमा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ।

राक्सिराङ गाउँपालिका – ६ सिलिङगेका ६८ वर्षिय सिरिमाया थीङ तामाङको भीरबाट लडेर ज्यान गएको हो ।

तामाङ बिरामी आफन्तको घर पुगेर फर्कने क्रममा भीरबाट लडेको बताइएको छ ।
बुधबार साँझ भीरबाट लडेकी तामाङलाई उद्दार गरि चितवन मेडिकल कलेज सिएमसी लगिएको थियो । उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको वडा अध्यक्ष सिगंलाल प्रजाले जानकारी दिनुभयो ।

हाल निरन्तर परिरहेको बर्षाको कारणले आवतजावत गर्ने सो बाटोमा पहिरो गएकोले सो घटना हुन पुगेको स्थानियको भनाई छ। यस अघि पनि सो वडामा एकजनाले भिरबाट लडेर ज्यान गुमाएका थिए।