´गुड फ्राईडे` को अबसरमा रास्ट्रीय युवा आयोगले बृहत रक्तदान कार्यक्रम गरिने

0
168

काठमाडौ – १९ चैत्र २०७७

नेपाली ईसाईहरुको पुरानो छाता संगठन एन.सि.एफ नेपालका रास्ट्रीय युवा आयोग काठमाडौको बिशेष आयोजनामा आराधना चर्चको प्रांगण ललितपुरमा बृहत् रक्तदान कार्यक्रम गरिने भएको छ।

´गुड फ्राईडे´ को अबसर पारेर रास्ट्रीय युवा आयोगले काठमाडौंं उपत्यकाभित्रका रेडक्रस र अस्पतालहरुमा रगतको अभाव निरन्तर भईरहेको अवस्थामा रक्तदान कार्यक्रम भोलि अर्थात चैत्र २० गते बिहान ८ बजेबाट ११ बजे सम्म गर्ने भएको हो।

हाल कोभिड-१९ कोरोना भाईरसको बिरामी बढ्दै गएको परिप्रेक्षमा रगतको अभाव खड्किने भएकोले सामाजिक दुरीलाई कायम गरि कार्यक्रम सन्चालन गरिने रक्तदान कार्यक्रमका संयोजक लाजरस तामाङले जानकारी दिनुभयो।

´तपाईं र हाम्रो रक्तदानले कसैको जीवन मा ठूलो काम हुनसक्छ´ भन्ने कुरालाई स्मरण गराउदै युवा आयोगका अध्यक्ष एवं कार्यक्रमका संयोजक तामाङले रगतको अभाव भएका बिरामीहरुको लागि यो रक्तदान कार्यक्रमले धेरै सहयोग पुग्ने र धेरैको ज्यान बचाउन मद्धत गर्ने भएकोले सबैले उपस्थित भएर रक्तदान गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो।

उहाँका अनुसार यस अघि पनि नेपालका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गरिदै आएको र अबको केही समयपछि नेपालको प्रत्येक जिल्लामा समेत रक्तदान कार्यक्रम गर्दै अघि बढ्ने जानकारी दिनुभयो।