भिरबाट लडेर राक्सिराङ वडाध्यक्षका बुवाको मृत्यु

0
448

१८ चैत्र २०७७

राक्सिराङ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ का अध्यक्ष सिंगलाल प्रजाको बुवाको भीरबाट लडेर मृत्यु भएको छ । ७० बर्षीय हेम बहादुर प्रजा हिजो घर नजिकै शौचालय जाने क्रममा भीरबाट लडेेेका हुुन । उनी लडेर झन्डै ४ सय मिटर तल पुगेको संबिधान सभा सदस्य गोविन्द राम चेपाङले जानकारी दिए । चेपाङ मृतकका भतिजा हुन। मृतकको शवलाई प्रहरीले मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि भरतपुर लगिएको जानकारी प्राप्त भएको छ।

मृतक हेमबहादुर प्रजा राक्सिराङ स्थित कांकडा सिलिङ्गेको आफ्नै निवासमा बस्दै आएका थिए।