एन. सि. एफ नेपाल बागमतीमा पास्टर तारासिङको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन

0
388

२०७७ चैत्र १०, चितवन।
नेपालको ६१ बर्ष पुरानो एन. सि. एफ नेपाल नामक एक क्रिश्चियन संस्थाको बागमती प्रदेश स्तरिय अधिबेशनबाट पास्टर तारासिङ गुरुङको नेतृत्वमा ९ सदस्यीय कमिटी सर्बसहमतद्वारा चयन भएको छ।

चितवनको सौराहामा अबस्थित एक रिसोर्टमा भएको बागमती प्रदेशको बार्षिक प्रतिनिधि सम्मेलन एवं अधिबेशन कार्यक्रममा कमिटीको अध्यक्षमा चितवनबाट पास्टर तारा सिङ गुरुङ, उपाध्यक्षमा मकवानपुरबाट पास्टर बच्चिमाया नेंगी, सचिवमा काठमाडौबाट पास्टर राजकुमार थीङ, कोषाध्यक्षमा धादिङबाट पास्टर प्रेम बहादुर परीयार, सदस्यहरुमा चितवनबाट पास्टर शेर बहादुर तामाङ मकवानपुरबाट पास्टर छबिलाल मुक्तान, मकवानपुर बाटै पास्टर शेर बहादुर प्रजा, सिन्धुपाल्चोकबाट रोदन रोक्का, मकवानपुरबाट ज्ञान बहादुर राई कमिटीमा चयन भएका हुन् ।

निर्बाचित सम्पुर्ण पदाधिकारीहरुले ईसाईहरुको संरक्षण, संबर्दन र अन्य धेरै पक्षमा निरन्तर काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एन सि एफ नेपाल केन्द्रीय उपाध्यक्ष पास्टर बिबि कार्की, केन्द्रिय सचीव पास्टर वीर बहादुर तामाङ, केन्द्रिय कोषाध्यक्ष पास्टर हिमाल राई, महासचिव पास्टर शेर ए.सि, साथै ईसाई समुदायका बरिस्ठ ब्यक्तित्वहरु लगायत एन. सि. एफ नेपालसंग आवद्ध करीब ४ सय भन्दा बढी मण्डलीका पास्टर तथा अगुवाहरु उपस्थित भएका थिए।