राक्सिराङ ९ घर भएका विक वृद्धभत्ता लिन अाउने क्रममा मृत्यु

0
94

Iमनहरी । राक्सिराङ गाउँपालिका चैनपुरमा रहेको  बैंक अफ काठमाण्डू को शाखा कार्यालयमा बृद्दभत्ता बुझ्न आएका एक बृद्धको मृत्यु भएको छ । मंगलबार बिहान बैंकमा भत्ता बुझ्न लाइनमा बसेका ७६ बर्षीय जितबहादुर विक बेहोस भइ लडेका थिए । नजिकै रहेको स्वास्थ्य चौकीमा लगि उपचार गराउने क्रममा उनको मृत्यु भएको पाइएको हो ।  प्रहरी चौकी चैनपुरका असई उदय यादवले भने बृद्ध बेहोस रहेकाले एम्बुलेन्स मार्फत मनहरी तर्फ पठाइएको जानकारी दिए ।

राक्सिराङ ९ घर भएका विक लामो यात्रा गरि भत्ता बुझ्न गाउपालिका कार्यालय सँगै रहेको बैंकमा आएका थिए । गाउँपालिकाले बृद्धबृद्धालाई वडावडाबाटै सहज रुपमा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको छ ‌।