बाघदेवी सामुदायिक वन चितवनको साधारण सभा सम्पन्न

0
293

फागुन १६ अाईतबार २०७७, राप्ती,चितवन ।
बाघदेवी सामुदायिक वन उपभोक्ता समूह राप्ती नगरपालिका ७ को २० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सामुदायिक बन उपभोक्त महासंघ चितवन जिल्लाका अध्यक्ष भरत ढुंगानाले गरेका थिए ।

सामुदायिक बनको कार्यालय परिसरमा अाईतबार आयोजना भएको साधारण सभामा प्रमुख अतिथि ढुंगाना सहित विशेष अतिथि , सामुदायिक बन उपभोक्ता महासंघ निवर्तमान केन्द्रीय सदस्य गोविन्द कंडेल ,राप्ती नगरपालिका वडा नं ७ कि वडा अध्यक्ष सुमित्रा डल्लाकोटी लगाएत छिमेकी सामुदायिक वनका पदाधिकारीहरु,टोल बिकास संस्थाका अध्यक्ष र सामाजिक ब्याक्तित्वहरुको पनि उपस्थिति रहेका थिए भने सो अवसर पारेर सामुदायिक बनको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दर्जनौं लाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि डल्लाकोटी,कंडेल लगायतले बोलेका थिए भने सो अवसरमा समितिका कोष अध्यक्ष अोम बहादुर पुनले अायबिय प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरि लक्षित कार्यक्रम ७७/८८ को प्रतिवेदन सचिव सुभध्र चौधरीले प्रस्तुत गरेकी थिईन् ।

बाघदेवी सामुदायिक बनका अध्यक्ष शुक मान गुरुङको अध्यक्षतामा आयोजान भएको सो सभामा समितिका उपाध्यक्ष वीर बहादुर तामाङले स्वागत र सचिव सुभध्र चौधरीले सञ्चालन गरेकी थिइन् ।