राक्सिराङ १ का वडाअध्यक्ष कान्छाराम रुम्बा रिहा

0
233

१० फाल्गुन २०७७
मनहरी । पश्चिम मकवानपुर राक्सिराङ गाउपालिका वडा नं १ का वडाअध्यक्ष कान्छाराम रुम्बा भर्खरै रिहा हुनुभएको छ।

अध्यक्ष रुम्बालाई गत शनिवार राती राक्सिराङ १ घ्याङसिङटारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण्मा लिएका थिए।

स्थानीयले प्रहरीले गाउमा पसेर आतंकित बनाउने गरि क्रियाकलाप गरेको र गाँजा अपरेसन मा आएको भनिएका प्रहरिले गाउको पसलबाट बियर, डिउका कार्टुन र नगदसमेत लुटपाट गरेको स्थानीयको आरोप थियो । त्यसपछि स्थानीयले प्रतिकार गरेपछि बिबादपस्चात जिल्ला प्रहरी कार्यालय बाट गएको टोलीसँग विवाद बढेपछि थप प्रहरी फोर्स बोलाइएको थियो । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिनोद श्रेष्ठ को कमान्डमा थप प्रहरी पुगेपछि स्थानीयलाई धरपकड गर्दै वडा अध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएको थियो ।

रुम्बालाई प्रहरीले पक्राऊ गरेपछि गाउँपालिकाले विज्ञप्ति निकाल्दै जननिर्वाचित जनप्रतिनिधिलाई लछारपछार गरि नियन्त्रणमा लिनु संविधानको मर्म र संघीयता को भाबना विपरित रहेको उल्लेख गर्दै विज्ञप्तिमा प्रहरिको क्रियाकलापको घोर भर्त्सना गरिएको थियो। अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित बिग्यप्तीमा घटनाबाट सिर्जना हुनसक्ने जस्तोसुकै परिस्थिति को जिम्मेवार प्रहरिले लिनुपर्ने दाबी गरिएको थियो । फलस्वरुप चौतर्फी रुपमा बिरोध भएपछी आज वडा अध्यक्ष रिहा हुनुभएको छ।