मनहरी गाउँपालिकाका उपाध्यक्ष बिष्टले मुद्दा जितेपछी जिम्मेवारीमा फर्कन बाटो खुल्यो

0
105

५ फाल्गुन २०७७

मनहरी । मनहरी गाउपालिकाका उपाध्यक्ष मनिला बिष्टले मुद्दा जितेकी छिन । बिष्टलाई गाउँपालिका उपाध्यक्षको पदमा रहि काम गर्न बाटो खुलेको छ । उनले राजीनामा दिएको भन्दै पदमुक्त गरिएपछि बिष्टले उच्च अदालतमा मुद्दा हालेकी थिईन् ।

सो प्रकरणमा उच्च अदालत पाटनको हेटौडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालले उत्प्रेषण आदेश मार्फत सबै प्रक्रिया खारेज गर्ने र पुन कामकाजमा फर्कन पाउने गरि परमाधेश जारी गरिएको हो । गत मंसिर २९ गते उपाध्यक्ष बिष्टले राजीनामा दिएको भन्दै पौष १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वीकृत गरेको घोषणा गरेका थिए । तर उपाध्यक्ष बिष्टले भने आफुले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् ।