एककृत हुँदै रुम्बाहरु ।

0
293

१८ फाल्गुन २०७५

पदमपोखरी, मकवानपुर।
राष्ट्रिय तामाङ घेदुङ समाजद्वारा आयोजित तामाङ रुम्बा वंशावली परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा ह्याङ्ला तामाङ रुम्बा समाजका केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकोछ।


ह्याङ्ला तामाङ रुम्बा समाजका अध्यक्ष दिलिप कुमार रुम्बाको प्रमुख अतिथि, समाजका महासचिव योगेन्द्र जंग रुम्बाको बिशेष अतिथिमा सम्पन्न सो कार्यक्रम लाई बुद्ध रत्न रुम्बाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय तामाङ रुम्बा घेदुङ समाज मकवानपुरका अध्यक्ष किरण रुम्बाले गरेका थिए ।

कार्यक्रमको मुख्य उद्येश्य भनेकै देशको विभिन्न भागमा छरिएर रहेका रुम्बा दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकतामा ल्याउनु, रुम्बाहरुको वंशावली तयार पार्नु, रुम्बाहरुको नुवाकोट जिल्ला ककनीमा रहेको ऐतिहासिक थाकथलोको संरक्षण र संबर्धन गर्नु नै हो भन्ने बिषयमा सबैको राय केन्द्रित रहेको थियो ।

त्यसैअनुरुप २०७६ माघ मसान्त भित्र विभिन्न वंशावली तयार पार्ने गरी जिल्लामा रहेका रुम्बाहरुको तथ्यांक संकलन गर्नका निम्ति निम्न व्यक्तिहरुलाई जिम्मेवारी दिएका छन् ।
कार्ययोजना (तथा जिम्मेवारी)
१. मकवानपुर – पुण्यसिद्धी मान
२. बारा पर्सा रौतहट – भिम र सुरेश
३. नुवाकोट – बुद्धरत्न
४. काठमाडौ – दिलिप र र्फुर्साङ
५. भोजपुर लगायत १ नं. प्रदेश – राजेन्द्र
६. चितवन – राजेश र गणेश ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here