अक्षयकोषमा ९४ लाख

0
336

 राजेश रुम्बा लामा

१० फाल्गुन, खैरहनी ।
खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा छात्रवृत्ती अक्षय कोषमा ९४ लाख पुगेको छ ।

यसै बर्षभित्र १ करोड पुर्याउने लक्ष्य लिइएको कोषमा शुक्रबारसम्ममा ९४ लाख सहयोग संकलन भएको कोषका संयोजक मुरली प्रसाद गजुरेलले जानकारी दिए । कोषमा दैनिक रुपमा सहयोग आउने क्रम बढ्दो छ । शुक्रबार पनि विभिन्न ब्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । शुक्रबार ख्ररहनी ८ निवासी राजेश श्रेष्ठले जन्मदिन र बिवाह वर्षगाँठको अवसरमा १ हजार ५, राप्ति नगरपालिका ८ खुरखुरे निवासी स्वर्णिम सेढाईले जन्मदिनको अवसरमा १ हजार ५ सय ९५ र खैरहनी ४ निवासी मनोजमान श्रेष्ठले २ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको संयोजक गजुरेलले जानकारी दिए । कोषका लागि सक्रिय रुपमा सहयोग संकलनमा जुटिरहेका गजुरेल हाल अष्ट्रेलियामा छन। उनले त्यहिबाट नै कोषमा १ करोड पुर्याउने लक्ष्य लिएका छन । अक्षयकोषमा जन्म दिन, विवाह,व्रतवन्ध, नयाँ कामको थालनी, व्यवसाय सुरुवात लगायतको अवसर पारेर देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्दै आएका छन । वि.सं. २०६७ सालमा स्थापना गरिएको अक्षयकाकोषबाट खैरहनी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here