राप्ति नगरपालिका ७ मा सार्वजनिक सुनुवाई सम्पन्न।

0
370

राजेश रुम्बा लामा,

१० फाल्गुन, पुर्बी चितवन ।

राप्ति नगरपालिका वडा नं. ७ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानियले सडक समस्या, अवैध नदिजन्य पदार्थ उत्खनन्, फोहर ब्यवस्थापनमा लापरबाहि, अलपत्र शौचालय, अब्यवस्थित अटो सञ्चालन लगायत बिषयमा गुनासो राखेका थिए । स्थानियले वडाबाट सेवा लिने क्रममा कर्मचारीले घुस लिने र काममा ढिलासुस्तीसमेत हुने गरेको बताएका थिए । सो क्रममा वडा अध्यक्ष सुमिता डल्लाकोटीले कुनै कर्मचारीले घुस मागेमा वा सेवा प्रवाहमा ढिलासुस्ती गरेमा सार्वजनिक गर्न आग्रह गरिन् । त्यसबारेमा सिधै आफुलाई जानकारी गराएमा कडा कारबाहि गरिने उनले बताइन् । ठुला योजनाहरु सम्पन्न हुन बजेटको समस्या हुने गरेको उनले बताइन् । सडक, पुल निर्माण, तटबन्धन लगायतको बिकास निर्माणको काममा नगर सभाबाट बजेट बिनियोजन हुनुपर्ने भएकाले समय लागेको उनले बताइन् । नगरका योजनाहरु हरेक क्षेत्र, बर्ग वा समुदायलाई लक्षित गरि निर्माण गरिने भएकाले त्यसबाट सबैलाई फाइदा पुगेको उनको भनाई छ । सिमान्तकृत समुदाय तथा महिलाहरुलाई प्रथामिकताका साथ विभिन्न कार्यक्रमहरु वडाले ल्याएको उनले बताइन् । विरेन्द्रनगरमा रहेको शौचालयको समस्या समाधनको क्रममा रहेको उनले बताइन् । त्यस्तै वडा निश्चित मापदण्ड निर्माण गरेरै बिरेन्द्रनगरदेखि कोराकसम्म चल्ने अटो लाई ब्यवस्थित गर्ने उनले प्रतिबद्धता जनाइन् ।
यसैबिच राप्ति नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाँईले फोहर ब्यवस्थापनका लागि नगरपालिकाले डम्पिङ साइट खोजि गरिरहेको बताए । उनले विभिन्न स्थानमा फोहर फाल्ने भनिए पनि स्थानियले अवरोध सिर्जना गरेकाले हालसम्म पनि ब्यवस्थित रुपमा फोहर संकलन हुन नसकेको जानकारी दिए । उनले पम्फा खोलामा कुनै प्रकारको नदिजन्य पदार्थ उत्खनन नहुने पनि बताए । लोथर खोलामा भने उत्खननका लागि ठेक्का अव्हान गरे पनि आवेदन नपरेकाले उत्खनन नभएको उनको भनाई छ । जसका कारण सडक पिच, ग्राबेल, पुल निर्माणलगायत बिकासको काममा गिटि बालुवा अभाव भइरहेको उनले बताए । उनले नगरपालिका योजनाबद्ध बिकासको थालनीमा लागेकाले विस्तारै जनताका सबै आवश्यकताहरु पुरा हुदै जाने बताए । सार्वजनिक सुनुवाईमा वडा भित्रका विभिन्न टोल सुधार समितिका अगुवा, उपभोक्ता समितिका प्रतिनिधि, समाजसेवि, राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो । वडा सदस्य बोध प्रसाद रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रम वडा अध्यक्ष डल्लाकोटिको अध्यक्षतामा भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here