cmc ads

काङ्ग्रेस निकट लोकतन्त्रवादी चेपाङ संघ मकवानपुरमा महेश चयन

Sahayatri Khabar fav icon
Sahayatri Khabar
February 10, 2024

२७ माघ २०८०, मनहरी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा राक्सिराङका महेश चेपाङ मनोनित भएका छन् । संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् ।
मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश समितिले निर्देशन दिएको छ । मनोनित अध्यक्ष पछि अध्यक्ष चेपाङले नेपाली कांग्रेस र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधि बिधानमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए । यसअघि लोकतन्त्रवादी चेपाङ महासंघको अध्यक्षमा मकवानपुरकै पुर्ब प्रदेश राज्यमन्त्री सन्तबहादुर चेपाङ मनोनित भइसकेका छन् ।

goreto ads