cmc ads

ज्योति मगर हेरेर दर्शक मख्खै, आज एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गाउने

Sahayatri Khabar fav icon
Sahayatri Khabar
February 9, 2024

मनहरी–माघ २६ गते । पाँचौ मनहरी महोत्सवमा बिहिबार लोकप्रिय गायिका तथा मोडल ज्योति मगरको प्रस्तुतिले महोत्सव अवलोकन गर्न आएका दर्शकहरु मन्त्रमुग्ध भएका छन् ।
उनीहरुले ज्योति मगरले गाएका आधादर्जन जति गीतमा स्वर मिसाएर साथ दिएका थिए । ज्योतिले ‘उही मूलाको सिन्की, उही मुलाका चाना’, ‘चोरी खान पल्केको यो ढाडे बिरालो’ लगायतका आधा दर्जन बढी गीत गाउनु भएको थियो ।
बीच बीचमा उहाँले द्विअर्थी कुराहरु गरेर युवा र तन्नेरीहरुलाई रोमान्चित र उत्तेजित बनाइरहँदा बृद्धबृद्धाहरु समेत रमाइरहेका देखिन्थे । अश्लील र अभद्रता प्रदर्शन गर्ने आरोप लागेका ज्योतिकै कारण महोत्सवमा दर्शकहरुको ओइरो लागेका थियो ।
महोत्सवमा ज्योतिसँगै गायक ढाकाराम पौडेल, सुनिता थापा, तारा थापा, मुना अर्याल, दिपक कालिराज लगायतले महोत्सवमा प्रस्तुति दिनु भएको थियो भने आस्था कला केन्द्रको तर्फबाट नियमित रुपमा नृत्य प्रस्तुत भइरहेको छ ।
भोलि माघ २६ गतेका लागि ‘धोकेबाज हौ तिमी’ गीतकी गायिका एलिना चौहान, चन्दा अर्याल, कमेडिएन दिनेश काफ्ले, आरपी सापकोटा, शितल कल्पना, रवि लामा, स्थानीय ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसैगरी भोलि नै लाइभ दोहोरी प्रतियोगिताको पनि फाइनल प्रतिस्पर्धा हुँदैछ ।
तृत्तीयका लागि विनोद अर्यालको समूह र दोहोरी प्रतिष्ठान (ख) बीच प्रतिस्पर्धा हुनेछ भने फाइनलमा दोहोरी प्रतिष्ठान क र दिपेन्द्र पुनको समूहबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले बताउनुभयो ।
दोहोरीको माघ २६ गते फाइनल हुँदैछ । फाइनल लाइभ दोहोरी प्रतिष्ठान चितवन क र दिपेन्द्र पुनको समूहबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगदसहित प्रमाणपत्र, द्वित्तीय हुनेलाई १५ हजार रुपियाँसहित प्रमाण पत्र र तृत्तीय हुनेलाई १० हजार रुपियाँसहित प्रमाणपत्र तथा सान्त्वना हुनेलाई ५ हजार रुपियाँ नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।
त्यसैगरी उत्कृष्ट गायक र उत्कृष्ट गायिकालाई पनि ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

goreto ads