प्रार्थना गर्दै गर्दा चर्चमा एकसाथ दुई बम विस्फोट, २७ को मृत्यु, ७७ जना घाइते।

0
245

मनिला, १३ माघ । मनिलाको एक स्थानिय चर्चमा आइतबार बिहान एकै पटक २ वटा बम विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित सुलु प्रान्तको चर्चमा एकैसाथ दुई ओटा विस्फोटन भएको हो ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् । उहाँले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको पनि जानकारी दिनुभएको छ ।

दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब ८.१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ । उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताउनुभयो ।

यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका पनि प्रहरीले जानकारी दिएको छ । “चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,” फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भन्नुभयो ।

उहाँले घटनाका पीडितहरुलाई तत्काल राहात तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here