चेपाङडाँडामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर घाइतेको उपचार हुँदै

0
287

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका ६, चेपाङ डाँडामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कुस्मा न.पा. १४, पर्वतका वर्ष २६ का भेषबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग७प २०२३ नं.को मोटरसाइकल अनियन्त्रित भई सडक देखि ५० मिटर तल त्रिशुली नदिमा खसेको हो । मोटरसाइकलमा अर्का सवार वर्ष २५ को अनिल बि.क.को पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताए ।