मकवानपुरको मनहरी बजारमा कपडा बैंक सञ्चालन

0
163

२०७७ कार्तिक ०५ गते ।

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी बजारमा कपडा बैंकको स्थापना गरिएको छ । मनहरी गाउँपालिका–७ का स्थानीय बासिन्दा सागर लामाको सक्रियतामा विगत केही दिनबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।

बैंकले दिन दुःखीका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ । असहाय तथा विपन्न गरीबलाई सहयोग पुर्‍याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक लामाले बताएका छन ।

आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारले आफूलाई चाहिएको कपडा छानाछानी पैसा नतिरी लैजान सक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । मनहरी बजारको चोकमै निःशुल्क कपडा बैंक राखिएको छ । साथै बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई ठुलो राहत पुग्ने देखिएको सञ्चालक सगर लामाले जानकारी दिए ।

केही स्थानीय युवाहरु तथा सामाजिक संस्थाको पहलमा विपन्न वर्गलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको हो । बैंकले पुराना कपडा सङ्कलन गरेर निःशुल्क वितरण गर्ने गर्छ । कोरोना महामारी तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञाबाट आर्थिक समस्यामा परेका वर्ग तथा समुदायलाई लक्षित गरी ‘मनहरी सेवा समाज परिवार’ र ‘एफ. सि. मनहरी’ द्धारा कपडा बैंक सञ्चालनमा ल्याएको हो ।

हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पुर्‍याउने हो ।” मनहरी सेवा समाजका अध्यक्ष सागर लामाले भने “चाहिन्छ लानु होस्, चाहिँदैन ल्याउनु होस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।”

पुराना कपडा सँगै जुत्ता, भाँडाकुँडा समेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन पनि उनले अनुरोध गरे । त्यसको लागि मनहरी गाउँपालिका मनहरी बजारको चोकमै रहेको कपडा बैंकमा ल्याएर सहयोग गर्न सकिने पनि लामाले जानकारी गराएको छ ।

कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरुलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुु‍र्‍याउने विश्वास लिएको छु,’ उनले भने, ‘प्रयोग गर्न मिल्ने कपडा सङ्कलनमा सहयोग गर्न आग्रह गर्दछु ।’ कपडा बैंकका सञ्चालक लामाले जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिन सकिने बताए ।

नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्, हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौँ’ उनले भने, नयाँ कपडा दिन चाहानेहरुले ढुक्कसँग कपडा बैंकमा आएर दिन सकिने समेत लामाले बताए । साथै ‘मनहरी सेवा समाज परिवार’ र ‘एफ. सि. मनहरी’ले निःशुल्क कपडा बैंक सञ्चालन गरेर पुण्यको काम गरेको भन्दै स्थानीय तथा कपडा बैंकमा सेवा लिन आउनेहरुले प्रशंसा गरेका छन् ।

कपडा बैंकमा कपडा छान्न ब्यस्त ग्राहकहरु तस्बिरमा हेर्नुस्: