राक्सिराङ -६ सिलिङ्गेमा ठूलो अबिरल बर्षा : पहिरो गई १७ वटा बाख्रा पुरियो

0
341

६ असोज २०७७
मकवानपुर : राक्सिराङ गाउँपलिका ६ स्थित सिलिङ्गेमा अबिरल बर्षा भई पहिरो जांदा १७ वटा बाख्रा पुरेको छ। सो बाख्रा स्थानिय सुक बहादुर चेपाङको रहेको सोही वडाका अध्यक्ष सिङ्ग लाल प्रजाले जानकारी दिनुभयो।

उहाँले सो घटनाले दुखित तुल्याएको र हालसम्म मानवीय क्षति भने नभएको जानकारी दिदै त्यस वडाकाे दाेङ्गाना टाेल चापल टाेल रेउती दाेभानकाे ३ धुरी र कराँसे टाेल बिस्तापित हुने अवस्था भएकाेले तत्काल स्थलगत निरिक्षण गरी उचित ब्यबस्था मिलाउनकाे लागी सम्वन्धित निकायलाई अनुराेध गर्नुका साथै वर्षायाम अझै लम्विने जस्ताे भएकाे हुँदा सम्पुर्ण वडाकाे सम्पुर्ण टाेलहरु सजग भई दिनु हुन पनि अनुराेध गर्नुभएको छ।