“गजल “-गौरी तामाङ

0
49

कहिलेकाहीँ अाफ्नै मनकाे विश्वास रहन्न
माया भन्ने चिज हावा हाे एकनास रहन्न

तिम्रै अँगालोमा हुन पाउँ रम्न पाऊँ धेर,
तिमीप्रतिकाे मायामा कसम उपहास रहन्न

म कसरी देखाउ तिमीलाई प्रेम गर्छु भनेर,
हामी नै रहेन भने प्रियातम् पर्दाफास रहन्न

ईमानदार पनि यति मात्रै बन्नु कि दुनियाँमा
कालिदास सुध्रिएपछि कतै कालिदास रहन्न

अाधुनिक संस्कार यसकारण छाेड्नुस् अब
भन्छन् जाडरक्सि रहन्न बाँकी जुवातास रहन्न